रामेछाप । ट्रकको ठक्कर बाट गम्भिर घाईते भएका प्रहरी निरीक्षक अभय लामाको उपचारको क्रममा आज निधन भएको छ । उनलाई आईतबार डिउटी सकेर कोठा फर्कने क्रममा ट्रकले ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।
रामेछापको लिखु तामाकोशी ४ बिजुलीकोट निवासी लामा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तरगत तारकेश्वर क्षेत्रमा कार्य गरेर मोटरसाईकलमा कोठा फर्कदै थिए । घाईते अवस्थामा बिएण्डबी अस्पतालमा पु¥याएका उनको आज दिउँसो निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
