रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाको पानी बोक्ने ट्याङ्करको विषयमा अहिले सामाजिक सञ्जालमा तिब्र क्रिया प्रतिक्रिया भइरहेको छ । बा १ ग ३५४५ नम्बरको सरकारी ट्याङ्कर केहि बर्ष देखि हराईरहेको थियो ।
गाउँपालिकाले पालिका भित्रका नागरिकलाई पानी अभाव टार्नका लागि खरिद गरेको उक्त ट्याङ्कर केहि बर्ष अघी देखि गाउँपालिकामा क्षेत्रमा नभेटेपछि स्थानीय बासिन्दा, राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले उक्त ट्याङ्करका बारेमा चासो राखेका थिए । गाँउपालिकाबाट वेपत्ता पारिएको ट्याङ्करको खोजबिनमा जुटेका उनीहरुले केहि दिन अघी भक्तपुरको राधेराधे स्थित एक ग्यारेजमा अलपत्र अवस्थामा उक्त ट्याङ्कर फेला पारेका छन् ।
उँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको ठाडो आदेशमा ट्याङ्कर काठमाडौं पठाइएको र त्यसलाई स्वरुप विगारेर घुम्ती अस्पतालको रुपमा प्रयोग गर्ने गरी बडी निर्माण गर्न खोजिएको थियो । ट्याङ्करको पानी बोक्ने भाग गाडिबाट झिकेर केहि बर्ष अघीनै प्लेनपाताले गाडिको स्वरुप दिइएको ग्यारेजले थप काम गरेको भेटिएको छैन् ।
गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ आफैले सन् २०२३ सेक्टेम्बर ९ मा उक्त ट्याङ्करको फोटो सामाजिक सञ्जालमा साझा गर्दै मोबाईल एम्बुलेन्स तयारी हुदै भनेर लेखेका थिए । श्रेष्ठले साझा गरेको अवस्थामानै अहिले उक्त ट्याङ्कर अलपत्र अवस्थामा फेला परेको हो ।

गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले चालकलाई ठाडो आदेश दिएर पालिका परिसरमा राखिएको ट्याङ्करलाई भतिज नाता पर्नेलाई बनाउन जिम्मा दिन भनेर गाडि काठमाडौं तिर गएको तत्कालिन प्रमुख प्रशासकिय अधिकृत नारायण लामिछानेले वताएका छन् । ‘हामीलाई कुनै जानकारी र हाम्रो तर्फबाट कुनै लेखापढी भएको छैन ’ लामिछानेले भनेका छन् । गाडिको स्वरुप विगारेर घुम्ती एम्बुलेन्स बनाउने बारेमा गाउँकार्यपालिकामा निर्णय नभएको उनले वताए ।
स्थानीय बासिन्दा लाखौंको सामाग्री त्यस माथि सवारी साधनको स्वरुप बदल्ने कुरा अध्यक्षको एकल ठाडो आदेशमा हुने कुरा होईन भन्दै त्यसको विरोध गर्न थालेका छन् । गाडिको नियमित मर्मतका लागि पालिकाले बिनीयोजन गरेको खर्च गर्ने अधिकार प्रमुख प्रशासकिय अधिकृतलाई भएपनि उक्त ट्याङ्कर मर्मतका लागि उनले मर्मत आदेश समेत दिएका छैनन् । सवारी साधन मर्मत गर्दा पहिले मर्मत आदेश गर्ने र त्यसपछि मात्र खर्च भुक्तानी गर्ने सरकारी प्रचलन रहेको छ ।
गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले केहि दिन देखि सामाजिक सञ्जालमा तिव्र चर्चा भइरहेको पालिकाको ट्याङ्करको विषयमा आफुलाई कुनै जानकारी नभएको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै दावि गरेका छन् । उनले जिन्सी सामानकाे जिम्मा कर्मचारीकाे हुने भएकोले आफुलाई त्यस बिषयमा कनै जानकारी नभएकाे जिकिर गरेका छन् । तर उक्त दावि लाई उनलेनै विगतमा फेसबुकमा राखेको फोटोले खण्डन गरिरहेको स्थानीय सन्तोष ढुंगेलले वताएका छन् । ढुंगेलका अनुसार गाडि केहि बर्ष देखि अलपत्र पार्नु, स्वरुप बदल्नु , गाउँकार्यपालिकाको कुनै निर्णय र कागजात विना आफन्तलाई गाडि बनाउन दिनु लगाएतका क्रियाकलापमा अध्यक्ष श्रेष्ठको एकल निर्णय रहेको खुलेको छ । ‘हामी थप बुझ्ने अभियानमा छौं’ काठमाडौंमा रहेका ढुंगेलले भने – स्थानीय राजनीतिक दलहरु समेत तथ्य कुरा बाहिर ल्याएर सम्बन्धित पक्षलाई कार्बाही हुनुपर्ने कुरामा लागेका छन् ।
एमालेका नेता तेज घिसिङले हाम्रो पसिनाको कर बाट तलब भत्ता खाएर हाम्रो सम्पत्ति गायब गर्ने छुट नभएको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
