रामेछाप । कतै धेरै पानी जमेको निलो जलासयमा फनफनि घुमेर विस्तारै तैरिने अनि कतै खहरे खोलाको तेज जस्तो गति सगैं सुईकिने अनेकौं रोमाञ्चक जलयात्राका लागि रामेछापेलीलाई अव अन्यत्र जानु पर्ने छैन् ।

वहानाले एक आपासमा पानी फाल्दै अभुतपूर्व मनोरञ्जन गर्ने मात्र हैन् थप आनन्द लिनका लागि राफ्टिङ बाट नदीमा हाम फाल्दै पौडि खेल्न पाउनेछन् ।
नयाँ बर्षको दिन बाटै तामाकोशी नदीमा राफ्टिङ संचालनमा आउने भएपछि आन्तरिक पर्यटनका लागि अव टाढा जानु पर्ने बाध्यता छैन् । नदीमा राफ्टिङको मज्जा लिन यसअघी सिन्धुपाल्चोकको सुकेटे या त्रिशुली जानु पर्ने थियो, अव तामाकोशीमानै नियमित रोमाञ्चक जलयात्रा हुनेछ ।

केहि महिना अघी देखि तामकोशी नदीको मन्थली नगरपालिकामा पर्ने सिमित भागमा जेटबोट संचालन गर्दै आएको तामाकोशी मरिन एडभेन्चर प्रालिले थप सुविधाको रुपमा राफ्टिङ थप गरेको हो । जेटबोट हिउँदका बेलामा पानीको सिमितताका कारण थोरै स्थानमा मात्र संचालन हुने गरेकोमा राफ्टिङ ल्याउदा थप क्षेत्रमा सेवा दिन सकिने भएकोले थप लगानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष राजन भट्टराईका अनुसार राफ्टिङ दोलखाको किर्ने बजार नजिक बाट मन्थलीको गाईखुरा पुल सम्म संचालन गर्ने तयारी छ । दोश्रो रुट आकाशे पुल देखि त्रिबेणी सम्मको लागि तय भएको छ । ‘दुवै मार्गमा केहि कठिनाई छन् त्यस्मा कसरी संचालन गर्ने भन्ने बारेमा हामी छलफलमै छौं ’ भट्टराईले भने – शूल्क, व्यवस्थापन र संचालनको मोडालिटी बारेमा एकदुई दिन भित्र टुंगो लाग्दैछ । कम्पनीले राफ्टिङ संचालनका लागि केहि युवालाई तालिम समेत दिने तयारी गरेको छ । राफ्टिङ स्थानीय र बाह्य पर्यटकका लागि रोजाई बन्न सक्ने भएकाले उक्त व्यवसायमा थप लगानी गर्ने सोच रहेको उनले वताए । हाल २ वटा ल्याइएको छ, स्थानीयको रुचि बमोजिम थप गर्ने सोचमा छौं उनले भने ।

कम्पनीले झण्डै ७० लाखको लागतमा निर्माण गरिएको अत्याधुनिक जेटबोट मन्थलीको गाईखुरा पुल देखि मन्थलीघाट सम्म संचालन गर्दै आएको छ । हिउँदमा सानो हुने तामाकोशीमा जताततै बाट जेटबोट संचालन हुन नसक्ने भएपछि जेसिभिले जलमार्ग बनाएर अहिले संचालनमा रहेको छ । जिल्लाबासीले धेरै बर्ष अघी देखि रामेछापमा पर्यटनकाे विकासका लागि तामाकाेशीमा राफ्टिङ संचालनकाे माग गर्दै आएका थिए ।