काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा कार्की आयोगको सिफारीस बमोजिम पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक बिहिबार रिहाई हुदैछन् । अदालतको आदेशानुसार उनीहरुलाई हाजिर जमानीमा छोड्न थालिएको प्रहरीले जनाएको छ ।

कार्की आगोगको प्रतिबेदन बमोजिम फौजदारी अभियोगमा मुद्धाको अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई १४ चैतमा पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाका परिवारका सदस्यले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षिकरण निबेदन दिई रिहाईको माग गरेका थिए । सर्बोच्चले अदालतले दुवै जना आशौच बारिरहेको र स्वास्थ्य सम्बन्धि जटिल समस्या देखा परेकोले निजहरुलाई अनुसन्धानका लागि अव म्याद नथप्ने, थपिएको म्याद भित्र मुद्धाको अनुसन्धान सक्ने भए सोहि बमोजिम र नसक्ने भए हिरासत मुक्त गरी थप कारवाहि गर्नका लागि आदेश गरेको थियो ।

हिरासतमा रहेका दुवैको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले आज सम्मको लागि म्याद थप गरेको थियो । सर्बोच्चको आदेशानुसार अव प्रहरीले अदालतमा म्याद थपका लागि लान सक्ने अवस्था नभएकाले दुवैजना लाई हाजिरी जमानीमा छोड्न लागेको हो । उनीहरु माथि लागेको आरोपका सम्बन्धमा प्रहरीले अनुसन्धानको कार्य भने जारी राख्ने जनाएको छ ।

हाल केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि शिक्षण अस्पतालमा रहेका छन् भने लेखक प्रहरीको २ नम्बर गणको हिरासतमा रहेका छन् ।