काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गर्नका लागि सैद्धान्तिक सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई उक्त शैद्धान्तिक सहमति दिएको हो । ईन्धनमा भारी मूल्यवृद्धिका कारण यातायात भाडा बढ्न लागेको हो ।
सरकारले यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशत भाडा बृद्धि गर्न लागेको हो । त्यसैगरी सामान बोक्ने मालबाहक साधनका लागि पहाडी सडकमा २१.६८ र तराईको सडकमा १५.७५ प्रतिशत भाडा वृद्धिको सिफारीस भएको हो ।
सरकारले सहमति गरेको भाडा वृद्धि भने सम्बन्धित प्रदेशले निर्णय गरेपछि मात्र लागू हुनेछ । अन्तरप्रदेशका लागि सरकारले दिएको सहमति भित्रै भाडा समायोजन हुने गरी व्यवस्थापन हुने विभागले जनाएको छ ।
