काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हिरासत मुक्त गर्न सर्बोच्च अदालतले सोमबार आदेश जारी गरेको छ । सर्बोच्चका न्यायाधीश बिनोद शर्मा र सुनिलकुमार पोखरेलको ईजलासले उक्त आदेश जारी गरेको हो । ओली र लेखकलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनीहरुका परिवारका सदस्यले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन गरेका थिए ।

सर्बोच्चले हाल प्रहरीको हिरासतमा रहेका ओली र लेखकलाई काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि थप भएको म्याद नथप्न र रिहाई गर्न आदेश गरेको हो । दुवैलाई चैत २१ गते ५ दिन हिरासतमा राखि अनुसन्धान गर्न म्याद थप गरिएको थियो । उक्त म्याद २६ चैतमा सकिदैछ । सर्बोच्चको आदेश अनुसार दुवैजना सोहि दिन रिहाई हुनेछन् । अदालतले म्याद भित्र मुद्दा चल्ने नचल्ने निर्णय भएमा साेहि अनुसार गर्न समेत भएकाे छ । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषि भएको भन्दै गौरीवहादुर कार्की आयोगले उनीहरुलाई फौजदारी कानुन बमोजिम कारवाहि गर्न सिफारीस गरेको थियो । उक्त सिफारीस लाई बालेन्द्र शाह नेतृत्वको मन्त्रीपरिषदबाट पहिलो बैठकमै कार्यान्वयन गर्ने निर्णय भएको र त्यसको भोलीपल्ट चैत १४ मा ओली र लेखकलाई पक्राउ गरीएको थियो ।

प्रहरीले तीन पटक म्याद थप गरी अनुसन्धान प्रकृया जारी राखेको छ । पक्राउ परेका ओली विरामी भएका कारण शिक्षण अस्पतालमै रहेर उपचार गराईरहेका छन् भने लेखक प्रहरीको २ नम्बर गणको हिरासतमा छन् । प्रहरीले दुवै जनाको बयान लिने लगाएतको कार्य गरेको छ ।
ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौं लगाएत देशभर विरोध प्रदर्शन गरेको थियो । एमालले विरोधका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ ।