रामेछाप । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघको रामेछाप जिल्ला शाखाले सोमबार मन्थलीमा रक्तदान र अस्पतालहरुमा भर्ना भएका विरामी लाई फलफुल वितरण कार्यक्रमको आयोजना गरेको छ ।

महासंघले सोहि अवसरमा आज बेलुका जिल्ला शाखा भवन अघी दिपावली गर्ने कार्यक्रम तय गरेको छ । महासंघले आज देशैभरी  बिविध कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको छ ।