रामेछाप । नेकपा एमाले रामेछापले पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिसोधपूर्ण पक्राउको बिरोध गर्दै उनको रिहाईको माग गरेको छ ।
एमाले रामेछापले विभिन्न नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई विरोध पत्र बुझाएको हो । पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले विरोध पत्र बुझाएका थिए ।
प्रजिअलाई विरोध पत्र बुझाए पछि जिल्ला प्रशासन कार्यालयको मुल ढोकामा आयोजना गरेको कोण सभामा अध्यक्ष कडरीयाले विधि, संविधान र कानुन विपरित विदेशीको ललिपपको मिठो चाखेर रमाईरहेको बालेन सरकारले प्रतिसोधपूर्ण तवरले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गरेको गिरफ्तारी प्रति रोष प्रकट गर्दै बर्तमान सरकारलाई यो कदम महंगो हुने चेतावनी दिए ।
राष्ट्रवादी पूर्व प्रधानमन्त्री भिमसेन थापालाई जेलमा काटिएको, विपी कोइरालालाई पनि जेलमा मार्ने कोशिश गरिएको भन्दै उनले तेश्रो प्रधानमन्त्रीको रुपमा विदेशीहरुका एजेण्टहरुले केपी ओलीलाई पनि नेपाली जनताको राष्टिय झण्डा उचाले वापत गिरफ्तार गरेर आफ्नो उदाङ्गो रुप प्रदर्शन गरेको वताए । उनले सरकारले बेलैमा गैरकानुनी काम सच्चाउदै ओली र काँग्रेस नेता रमेश लेखकको रिहाई नगरे आफ्नै आयु छोट्याउने उनको तर्क थियो ।
विरोध कार्यक्रममा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बागमति प्रदेश सभाका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले बालेन्द्र सरकार गठन भएको केहि घण्टामानै प्रतिसोधमा उत्रिएर कानुनी शासनको उपहास गरेको भन्दै रोष प्रकट गरे । एमालेको केन्द्रीय सचिवालय समितिको निर्णय बमोजिम आज देशैभरीका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउदै अध्यक्ष ओलीको रिहाईको माग गरिएको छ ।
