रामेछाप । दुई दिन अघी देखि अबरुद्ध भएको बिपी राजमार्ग अस्थायी रुपमा खुलेको छ । रोशीखोलाको बाढीले राजमार्गका विभिन्न स्थानमा क्षति गरेपछि शुक्रबार अपरान्ह देखि राजमार्ग अबरुद्ध थियो । बाढीले बगाउदा एक जनाका मजदुरको मृत्यू भएको र केहि सवारी साधनमा क्षति पुगेको थियो ।
विपी राजमार्गको अवरोध खुलाउनका लागि सडक डिभिजन कार्यालय भक्तपुर र खोल्टे राजमार्ग पुननिर्माणमा सम्लग्न निर्माण व्यवसायीहरुले मेसिनहरुको प्रयोग गरेका थिए । मर्मत कार्य पछि बिपी राजमार्गमा आईतबार विहानै देखि सवारी साधन संचालन हुन थालेका छन् ।
यसैगरी दुम्जा बाट कुशेश्वर महादेवस्थान हुदै खैरेनीघाटको पुल तर्फ जाने सडक पनि संचालनमा आएको छ । रोशीखोलामा ह्युमपाईप हालेर अस्थायी रुपमा संचालनमा ल्याइएको उक्त सडकलाई पनि बाढीले क्षति गरेको थियो । ह्यूमपाईप र सडक बगाउदा खैरेनी तर्फ जाने सडक समेत अवरुद्ध थियो । खैरेनीघाटको पुल भएर पश्चिमी रामेछापका एक दर्जन भन्दा बढी गाउँमा आवतजावत हुने गरेको छ ।
