रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका २ वाम्तीभण्डारको सिद्धेश्वर माविको कक्षा ७ का छात्र गोकर्ण कार्की र कक्षा ८ का छात्र पुरुषोत्तम कार्की सोमबार विहान देखि वेपत्ता भएका छन् । बेपत्ता दुई बालकको खोजिमा यतिबेला परिवारका सदस्यहरु जुटेका छन् ।

उमाकुण्ड गाउँपालिका १ गुम्देलको ज्याम्दे स्थित घर बाट सिद्धेश्वर मावि वाम्तीमा संचालन हुने बार्षिक परिक्षाका लागि विहान हिडेका उनीहरु अहिले सम्म परिवारको सम्पर्कमा छैनन् । विद्यालयमा संचालन भएको परिक्षामा समेत उनीहरु दुवैको सहभागिता नरहेको प्रअ निर्मल त्रिपाठीले वताएका छन् ।
परिक्षा सकेर अरु विद्यार्थीहरु घर फर्कदा छोराहरु नआएपछि अविभावकले खोजि थालेका छन् । विद्यालय र आसपासका क्षेत्रमा खोजी कार्य गर्दा नभेटिएपछि उनीहरु आसपासका गाउँमा खोजतलासका लागि हिडेका छन् । वाम्तीकै देउराली बजारमा दिउँसो ३ बजे तिर बास माग्दै पुगेको सम्म जानकारी पाएको र त्यसपछि सिवालय जाने भनेर हिडेको सूचना पाएकाले खोजी कार्य तेतै केन्द्रीत रहेको प्रअ त्रिपाठीले वताएका छन् । परिवारका सदस्यहरुले दुई बालकहरुको फोटो सामाजिक संञ्जालमा साझा गर्दै खोजविनका लागि सहयोगको अपिल गरेका छन् ।
