रामेछाप । रामेछापको खाँडादेवि ६ माकादुममा सोमबार बिहान यात्रुबाहक टाटासुमो जीप दुर्घटनामा पर्दा ५ जना घाईते भएका छन् । दुर्घटनामा परेका सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

खाँडादेविको टिमु बाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको उक्त जीप कच्ची सडकमा उकालिदै गर्दा अनियन्त्रीत भएर सडकमानै पल्टेको थियो । स्थानीय बासिन्दा र प्रहरीले दुर्घटनास्थलबाट घाईते यात्रुहरुको उद्धार गरी अर्को सवारी साधनमा काठमाडौं पठाइएको छ ।