रामेछाप । चैते झरी पछि पश्चिम उत्तर रामेछापको पर्यटकिय क्षेत्र शैलुङ र उत्तरी रामेछापको सेर्दिङ सेताम्मे बनेका छन् । शुक्रबार झरी परेपछि सो ठाउँहरुमा हिउँ फुस्फुसाएको थियो । शनिबार मौसम उघ्रिएपछि दुवै हिमाली क्षेत्र सेताम्मे देखिए ।

यसबर्ष चैतमा पनि हिउँ परेपछि आन्तरिक पर्यटकहरु त्यस क्षेत्रमा हिउँ खेल्न पुगेका छन् । झरी अझै आउने कुराले टाढाका पाहुनाले हिउँ खेल्न जान सकेका छैनन् । रामेछापको गुम्देल, वाम्ती, कुभु, चुचुरे, रस्नालु र ठोसे क्षेत्रका अग्ला पहाडी क्षेत्रमा हिउँ झरेको छ । रस्नालु र गुप्तेश्वरको साँझा ताँवेडाडाँ पनि हिउँले छोपिएको छ ।