रामेछाप । अबरोधको रुपमा रहेका २ वटा घरले सडक निर्माणका लागि ओगट्ने क्षेत्र खालि गरीदिएमा अवको केहि अवधिमानै रामेछाप बजारले काँचुली फेर्नेछ । बर्षौ देखिको धुलाम्मे बजार अव कालोपत्र सडक सँग जोडिने छ ।

यसअघि सरकारले बजार क्षेत्रमा सडक विस्तार गर्नका लागि सडक रेखामा परेका घर टहरा घरधनिहरुलाई क्षतिपूर्ति दिएर हटाउने निर्णय गरेको थियो । बजारका अधिकांश घर टहरा वालाले निर्धारित मुआव्जा ( क्षतिपूर्ति रकम ) बुझेर सडक क्षेत्र खाली गरिदिईसकेका छन् । घर भत्काएपछि रामेछाप बजारमा केहि दिन अघी देखि मेसिन लगाएर सडक चौडा पार्ने काम थालिएको छ । तर त्यसमा दुई वटा घर बाधकको रुपमा खडा भएका छन् । ति घरधनीले सरकारले निर्धारण गरेको मुआव्जा समेत हाल सम्म बुझेका छैनन् ।

वडा अध्यक्ष संतोष तामाङका अनुसार तल्लो बजारको एक र विच बजारको एक घर बाहेक अव बजार क्षेत्र सडक रेखामा पर्ने जग्गा सबै खाली भईसकेको अवस्था छ । घरधनिले आफैले घर भत्काएर जग्गा खाली वनाईदिएपछि सेलेघाट –रामेछाप–साँघुटार सडक आयोजनाले बजार क्षेत्रमा मेसिन चलाएर सडक चौडा पार्ने काम थालेको छ । अवराेधकाे रुपमा रहेका दुई घरधनिलाइ स्थानीयबासिले सहज  निकाशका लागि आग्रह गरीरहेकाे उनले वताए । 

भारतीय सरकारको एक्जिम बैंकको सहयोगमा झण्डै ५ बर्ष अघी देखि सेलेघाट देखि रामेछाप हुदै साँघुटार जोड्ने ५० किलोमिटर सडक कालोपत्र गर्ने काम थालिएको थियो । आयोजनाको निर्माण कार्यको जिम्मा पाएको भारतिय निर्माण कम्पनी टेलिकमिनीकेशन ईण्डिया लिमिटेडले निर्माण कार्यमा ढिलासुस्ति गरेका कारण उक्त सडक बल्ल आधाउधि निर्माण कार्य भएको छ । गत बर्ष गरेको कालोपत्र समेत फेरी कच्चि जस्तै बनेको छ ।

२ सय ८ बर्र्ष सम्म जिल्ला सदरमुकाम बसेको रामेछाप बजारमा यस अघी साँघुरो सडक रहेको थियो । २०६४ सालमा बजार क्षेत्रमा मात्र कालोपत्र भएकोमा उक्त कालोपत्र भत्केर धुलो उड्न थालेको ५।७ बर्ष वितेका छन् । आयोजनाले ठेक्का लगाईसकेकोले बजार क्षेत्रको सडक धुलाम्मे भएपनि रामेछाप नगरपालिकाले आफ्नो श्रोत लगानी गरेर कालोपत्र गर्न पाएको थिएन । नगर प्रमुख लबश्री न्यौपाने भन्छन् – नगरपालिकाको मुख्यालयमा बर्षौ देखिको धुलो सहेर बस्नुको विकल्प थिएन । अव चाडैं सडक कालोपत्र हुने अवस्थामा पुगेको छ ।

सडक आयोजनाका अधिकांश स्थानमा कालोपत्रको काम बाँकी रहेको छ । तर बजार क्षेत्रमा चाडो भन्दा चाडो कालेपत्र सक्नका लागि नगरपालिकाले आयोजनाका अधिकारीहरुलाई दवाव दिदै आएको छ । मुख्य बजारमा पहिले मुआव्जाको समस्याका कारण बेलामा काम गर्न पाईएन, सरकारले मुआव्जा दिएपछि बल्ल काम गर्ने मेलो तयार भएको हो । त्यैपनि दुई घर तगारोको रुपमा खडा भएका छन् । विच बजारको एक घर जसलाई घर धनि भत्काउन तयार छैनन्, त्यहि स्थानमा सडक असाध्यै साँघुरो छ । घर अघिल्तिर सडक बढाउने स्थान नभएकोले घर हटाउनुको विकल्प छैन् ।

सरकारले आवश्यक कानुन प्रयोग गरेर भएपनि आयोजनाले सर्वेक्षण गरेको क्षेत्र खाली गराएर सडक निर्माण गर्ने पक्षमा आयोजना जुटेको स्थानीयले वताएका छन् । अहिले बजारमा अरु तिर काम गर्दैछ, अन्तिम सम्म भत्काएनन् भने कानुन प्रयोग गरेर भएपनि सडक रेखामा परेका घर खाली हुनेमा हामी आशावादी रहेका छौं , स्थानीयले भनेका छन् ।