रामेछाप । रामेछाप जिल्लामा आर्थिक गणना हुने भएको छ । चार महिनाको कार्यबधि रहेको उक्त गणनाका लागि शुक्रबार मन्थलीमा कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्घाटन गरेका छन् । उक्त कार्यालय गणना अवधिभरका लागि स्थापना गरिएको हो ।

जिल्लाका ८ वटै पालिकामा पुगेर २० जना गणकले विभिन्न १८ वटा सूचकहरुको आधारमा तथ्याङ्क संकलन गर्नेछन् । उक्त कार्यका लागि केहि सुपरभाईजर समेत खटाउने तयारी कार्यालयको छ । जिल्लाका समग्र आर्थिक अवस्थाको बारेमा आर्थिक गणनामा समेटिने आशा कार्यालय सुभारम्भका अवसरमा व्यक्त गरिएको छ ।