रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन यहि चैत २० गते हुने भएको छ । उक्त निर्वाचनका लागि शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ ।
अध्यक्ष सहित कुल १५ पदाधिकारीकारी र सदस्यको लागि जिल्लामा रहेका १ हजार ७ सय हाराहारीका मतदाताले उक्त निर्वाचनमा मतदान गर्नेछन् ।

प्रकाशित निर्वाचन कार्यतालिका बमोजिम चैत १० मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन समितिका अनुसार चैत १२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

संघको अध्यक्ष लगाएतका पदाधिकारीहरुको लागि सर्वसम्मतिको प्रयासहरु हुन थालेका छन् । समूह समूहमा हुने छलफल तथा बैठकहरुबाट हाल सम्म सहमतिको खाका बाहिरीन भने सकेको छैन् ।