काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय साधारणसभा चैत २९ गते हुने भएको छ । उद्योग वाणिज्य दिवसको अवसर पारेर हरेक वर्ष चैत २८ गते साधारणसभा हुदै आएकोमा यस वर्ष एक दिन पछि साधारण सभा हुने भएको हो । बिहिबार बसेको कार्यसमितिको बैठकले साधारणसभाको टुंगो लगाएको हो ।
यस वर्षको साधारणसभा चुनावी साधारणसभा समेत हो । चैत ३० गते महासंघको नयाँ नेत्तृत्वका लागि निर्वाचन हुनेछ । ‘फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण प्रदेश महासंघहरुको अधिवेशन हुन नसक्दा मिति मिलाउनका लागि एक दिन ढिला गरी साधारणसभा आयोजना गर्ने निर्णय भएको महासंघले जनाएको छ । प्रदेश महासंघको साधारणसभा र निर्वाचन चैत २१ गते आयोजना हुनेछन् । सबै प्रदेशमा एकैदिन निर्वाचन हुने गरी तालिका बनाइएको छ ।
‘कतिपय प्रदेशले यसअघि नै साधारणसभा र निर्वाचनको प्रक्रिया सुरु गरिसकेका भएपनि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण प्रकृया रोकिएको थियो । अव एकै पटक साधारणसभा हुनेछन् ।
