रामेछाप । आईतबार अपरान्ह आएको हावाहुरीले रामेछापका विभिन्न स्थानमा घरका छाना उडाएको छ । लिखु तामाकोशी गाउँपालिका १ दुरागाउमा हावाहुरीले ५ वटा घरको छाना उडाएको वडा अध्यक्ष प्रदिप तामाङले जानकारी दिएका छन् । हावाहुरीले अरु एक दर्जन जति घरमा क्षति पुगेको उनले वताएका छन् ।

हावाहुरीका साथै आएको असिना पानीले आँप, जुनार सुन्तला लगाएतका फलफुल समेतलाई क्षति पुर्याएको छ । फुल फर्केर फल लाग्ने बेलामा आएको हावाहुरीले ठुलो क्षति पुगेको हो । जिल्लामा जुनार र सुन्तलाको व्यवसायीक उत्पादन हुने गरेको छ । हावाहुरी र असिनाले आगामी बर्षको उत्पादनमा ह्रास आउने किसानहरुले वताएका छन् ।