रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ सिवालयमा हिजो बेलुका विक्रम राईको घरमा आगलागि भएको छ । बेलुका करिव साँढे ८ बजे तिर भएको उक्त आगलागि बाट घरमा रहेका सामानहरु जलेका छन् ।
विद्युत सर्ट भएर आगलागि भएको आशंका गरिएको छ । आगलागिमा परि करिव १० बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी सिवालयका प्रहरी सहायक निरीक्षक प्रदिपकुमार यादवका अनुसार स्थानीय बासिन्दा र प्रहरी समेतले आगो नियन्त्रणमा लिएका थिए ।
