काठमाडौँ । पूर्ण क्षमता चलिसकेको बुध्द एयरको ९ एन–एजेओ कल साईन रहेको जहाज अव नेपाली आकाशमा देखिने छैन । बिहिबार विहान भैरहवाबाट उडेर काठमाडौं अवतरण गरेको एटीआर–७२ जहाजलाई अव फेरी नेपाली आकाशमा कहिल्यै नउचाल्ने गरी कम्पनीले औपचारिक रुपमा बिदाई गरेको हो ।
एटीआर–७२ जहाजको अधिककतम उडान क्षमता ७२ हजार साईकल हो । एक उडान र एक अवतरण लाई हवाई उडड्यन क्षेत्रमा साईकल भन्ने गरिन्छ । विदाई गरिएको जहाजलाई त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलमा एयर स्यालुट दिईएको थियो ।
सन् २०१० देखि सो जहाज व्यवसायिक उडानमा संलग्न थियो । १६ वर्षे उडान अवधिमा यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रुलाई उडाएको थियो । यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा विदाइ गरेको थियो । उडान गरिरहको एटिआर जहाज संसारमै पहिलो पटक नेपालमा बिदाई गरिएको थियो । विदाई गरिएका जहाजहरुका काम लाग्ने सामान अरुमा प्रयोग गर्ने या लिलाम गर्ने जनाईएको छ ।
