काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटना सम्बन्धि घटनाको छानविन गरि प्रतिबेदन पेश गर्न गठित छानविन आयोगले आईतबार प्रधानमन्त्री सुशिला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले उक्त घटनामा सम्लग्न हुनेहरुको नाम एकिन गरी कानुन बमोजिम कारवाहि गर्न सिफारीस गरेको आयोगका संयोजक गौरीबहादुर कार्कीले संचारकर्मीहरुलाई वताएका छन् । को कसलाई कारवाहि गर्ने कुरा समेटिएको भन्ने विषयलाई भने उनले स्पष्ट पार्न चाहेनन् ।

आयोगले घटनाको सन्दर्भमा त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखक सहित सुरक्षा अंगका प्रमुखहरु संग बयान लिएको थियो ।
आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्री सुशिला कार्कीले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदनले औंलाएका विषयहरुलाई कार्यान्वयन गर्ने तर्फ सरकार लाग्ने वताएकी थिईन् ।