रामेछाप । रामेछापका सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि मूख्य निर्वाचन अधिकृतको कार्यालय मतगणनाको प्रारम्भिक तयारीमा जुटेको छ ।मतगणनाका लागि अहिले सर्बदलिय बैठक बसिरहेको छ । मालपोत कार्यालयमा बसेको सर्बदलिय बैठकले मतगणना शुरु गर्ने समय, प्रतिनिधि लगाएतको टुंगो लगाउने छ । संभवत अवको केहि घण्टा भित्र मतगणना शुरु हुनेछ ।

रामेछापमा हिजो भएको निर्वाचनमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । जिल्लाका ९६ मतदान स्थानका मतपेटिका हरु हिजो साँझ देखि अहिले विहान साँढे ४ बजे सम्म संकलन गरिएको थियो ।