रामेछाप । रामेछाप जिल्लाका विभिन्न ९६ वटा मतदान स्थानमा भएको मतदान पछि मतपेटिकाहरु जिल्ला सदरमुकाम मन्थली तर्फ ढुवानी गर्न थालिएको छ ।
साँझ देखिनै मतपेटिकाहरु मतगणना स्थानमा आईपुग्न थालेका छन् । सबै मतदान स्थानमा मतपेटिका ढुवानीका लागि सवारी साधानको व्यवस्था गरिएको र चुस्त सुरक्षा व्यवस्था गरिएकोले रातभरिनै ढुवानी गर्ने योजना रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपेटिकाहरु नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षामा मतदान अधिकृत सहित जिल्ला सदरमुकाम आईरहेका छन् । सगैं सगैं राजनीतिक दलका प्रतिनिधिहरु पनि आउने गरेका छन् ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले अघिल्ला निर्वाचनमाझै यो पटक पनि मालपोत कार्यालयमा मतगणना स्थान बनाएको छ । मालपोत कार्यालयको पहिलो तलामा मतगणनाका लागि स्थान तयार गरिएको छ । जिल्लाका सवै मतदान केन्द्रबाट विहान सम्म मतपेटिका आउने र बुझ्ने कार्य सकिने अपेक्षा गरिएको छ ।

नेपालमानै सबैभन्दा धेरै मतदाता रहेको रामेछाप जिल्लामा ४० प्रतिशत मतदान भएको छ । कुल १ लाख ८७ हजार ९ सय १२ जना मतदाता रहेको रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका छन् ।