रामेछाप । रामेछाप जिल्लामा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । जिल्लाका ८ वटै पालिकाहरुमा निर्वाध रुपमा मतदान सम्पन्न भएको र मतपेटिकाहरु संकलन भइरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस पटक रामेछापमा ४८ प्रतिशत मतदान भएको छ । कुल १ लाख ८७ हजार ९ सय १२ मतदाता रहेको रामेछाप जिल्लामा जम्मा ९० हजार ७ सय १० जनाले मतदान प्रकृयामा भाग लिएका छन् । जसमध्ये पुरुषको संख्या अधिक रहेको छ । विवरण अनुसार ५० हजार ६ सय २४ पुरुष र ४० हजार ८६ जना महिलाले मतदान गरेका छन् । रामेछाप जिल्ला मुलुककै सबैभन्दा धेरै मतदाता रहेको जिल्ला हो ।

रामेछापमा कुल ९६ मतदान स्थानमा २ सय २८ वटा मतदान केन्द्र राखेर मत लिइएको थियो ।