रामेछाप । रामेछापबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टीले प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्ने भएको छ ।

मौन अवधि सुरु हुनु भन्दा अगावै मंगलबार भएको सहमति बमोजिम उक्त पार्टीबाट रामेछापमा प्रत्यक्ष तर्फ प्रलोपाले काँग्रेसको चुनाव चिन्हमा मतदान गर्ने र समानुपातिक तर्फ आ–आफ्नो दलको चुनाव चिन्हमा मतदान गर्ने गरी ३ बुँदे सहमति गरेको हो ।

सहमति पत्रमा नेपाली काँग्रेसका तर्फबाट उपसभापति लेखवहादुर कार्की र प्रलोपाका तर्फबाट ईन्जार्च कोमल मगर र संयोजक भिष्मराज चौलागाईले हस्ताक्षर गरेका छन् ।