रामेछाप । मतदानका लागि खटाइएका कर्मचारीहरु सोमबार दुर्घटनामा परेपछि रामेछापको ३ वटा मतदान केन्द्रका लागि मंगलबार निर्वाचन सामाग्री र थप कर्मचारी पठाइएको छ ।
रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीको सितलादेवि मावि मतदान केन्द्र सिरुवारी मतदान केन्द्र र वडा नम्बर ३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामाग्री बोकेको निशान ट्रक देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमा नै र साँघुटारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थलीमा उपचार गराउदै गर्दा मृत्यू भएको थियो । दुर्घटनामा परेका ७ जना कर्मचारीहरुलाई नेपाली सेनाको हेलिकोप्टर बाट साँझ काठमाडौं पठाइएको छ । उनीहरुको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
