रामेछाप । रामेछापको ग्रामिण भेगबाट काठमाडौं र काठमाडौ तिर बाट गाउँ जाने सवारीमा गुड्दा कता खाना खाने होला भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अव त्यस्तो चिन्ता गर्नु पर्दैन । रामेछापको मन्थली नजिक एउटा शान्त तथा मनोरम स्थानमा स्वादिष्ट भोजन गर्ने होटल खुलेको छ । जसले केहि अवधिमानै यात्रुहरुको मन जितेको छ ।
ग्रामिण सडक र राजमार्गमा सवारी चलाउने चालकले सडक किनारमा रहेका होटलमा खाना खान रोक्दा सन्तुष्ट हुने यात्रु कमै भेटिन्छन्् । सफा, गुणस्तरिय, मिठो, तातो अनि भनेका परिकार सवै तिर पाईदैनन् । खाना खानेले उठीसकेपछि एक न एक कुरामा चित्त नबुझेको गुनासो गरेकै हुन्छन् ।
तर रामेछापको मन्थली २ मा हालै खुलेको होटल ब्यू स्काई होटल भने राजमार्गका होटलमा भिन्न देखिने कोसिश गर्दैछ । उक्त होटल खुले पछि दैनिक झण्डै २५ वटा साना सवारी साधनमा यात्रा गर्ने २ सय ५० हाराहारीका यात्रुले खाना खादाँ अहिले सम्म कुनै गुनासो गर्ने मौकानै पाएका छैनन् ।
तामाकोशीको माछा, लोकल कुखुरा, खसी र वोईलरको मासु मात्र हैन, अन्य परिकारले पनि सडक यात्रुको जिब्रोलाई स्वादिलो बनाएको छ । तामाकोशी नदी र नजिकैका हरियाँ फाँटहरु नियाल्दै खानाको ब्यूस्काई होटलको परिकारमा रमाउनेहरुले राजमार्गका बग्रेल्ति खुलेका होटलहरुलाई विर्सन थालेका छन् । ‘हामी यहि खाना खान्छौं र आज सम्म खानामा कुनै खोट लगाउने ठाउँ छैन् ’ एक सवारी चालक भन्छन् – सफा, ताजा र स्वादिष्ट खानाले यात्रुहरुको रोजाई यहिँ थलो हुन थालेको छ । ‘हाम्रो ईच्छा भन्दा पनि यात्रुहरु त्यहि जाउँ भन्छन् ’ उनले भने – यात्रुको सन्तुष्टिका लागि हामी यहिँ आईदिन्छौं ।
होटल संचालक कुमार वस्नेत गाडि लाईन र होटलका लागि नयाँ नाम होईन । तर उनले अहिले ग्राहकको सन्तुष्टिलाई प्रमुख ध्यान दिएका छन् । ‘नाफा घाटा भन्दा पनि सन्तुष्टि सबैभन्दा ठुलो कुरा हो ’ बस्नेत भन्छन् – ग्राहकको सुझाव अनुसार अझै परिस्कृत भएर सेवा दिने अभियानमा छु । उनले सडकमा यात्रा गर्ने सवारी साधन मात्र हैन, स्थानीय ग्राहकको लागि पनि ब्लूस्काई रोजाईमा पर्न थालेको वताए ।
राजमार्गमा लस्करै होटल भएको ठाउँमा सवारी रोक्दा यात्रुहरु एउटा होटलमा खाना चित्त नबुझे अर्कोमा खान जाने गर्छन् । तर वस्नेतकोमा पुग्ने यात्रुले अर्को होटल छान्न पाउने अवस्था छैन् । एक्लो होटलमा जस्तो दिएपनि पैसा आउने अवस्था छ । ‘होटल छान्ने अवसर ग्राहकलाई छैन् , अनि जस्तो पायो उस्तो खाना र खाजा दिने छुट मलाई छैन्’ बस्नेत भन्छन् – जतिले खान्छन् फेरी फेरी आउने गरी सन्तुष्ट भएर जान्छन् ।
