रामेछाप । नेकपा एमालेको भातृ संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापले फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेललाई विजय गराउनका लागि उद्योगी व्यवसायी तथा रामेछापेली नागरिकमा अपिल गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष सुरेश उदाश द्वारा जारी विज्ञप्तिमा नेकपा एमालेले अघी सारेको सम्बृद्ध नेपाल सुखी नेपाली को परिकल्पना पुरा गर्न, युवाहरुको शिक्षा स्वास्थ्य र रोजगारीका साथै समाज रुपान्तरणका लागि एमालेका उम्मेदवार ढुंगेललाई मतदान गर्न अपिल गरिएको छ ।
विज्ञप्तिमा एमालेका उम्मेदवार ढुंंगेल लामो समय देखि राजनीतिमा सम्लग्न रहेको र एमालेका केन्द्रीय सदस्य रहेको उल्लेख गर्दै उनको नेतृत्वमा रामेछापमा विकास र पूर्वाधारको विकास हुनेमा विश्वास गरीएको छ ।
