रामेछाप । रामेछापको मन्थली बजारको मुख्य भाग देबकाेटा चाेक देखि बसपार्क सम्मको क्षेत्रमा केहि दिन देखि अध्यारो छाएको छ । सडक बत्ति निभेको केहि दिन भयो, सडक उज्यालो छैन् । देबकोटा चोक देखि मुख्य बजार हुदै बसपार्क सम्मको क्षेत्रमा सडक वत्ति गएपछि स्थानीयहरुले उज्यालो खोज्न थालेका छन् ।
मन्थलीको सडक बत्ति बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले वनाएको हो । बनाएको ५ बर्ष सम्म विग्रे भत्केमा त्यसैले मर्मत गर्नुपर्ने शर्त संझौतामा उल्लेख भएकाले बिग्रेको विजुली बनाउन नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र अघी सर्दैन् । साह्रै कर गर्न थालेपछि बनाउन लागेको जस्तो गरे पनि तेस्ले र उस्ले गर्ने भन्दै दोष थोपर्छ र करबलले बनाउछ । यस अघी यसै भएको थियो ।
प्राधिकरण मन्थलीको सडक बत्ति जसले बनाएको हो, उसैले मर्मत गर्ने, त्यसका लागि मन्थली नगरपालिकाले सिफारीस देखि पहलकदमी गर्ने लगाएतको कुरा अघी सार्दै भरसक पन्छिने गरेको छ । उक्त योजना अझै प्राधिकरणमा हस्तान्तरण नभएको हुँदा मर्मतको जिम्मा प्राधिकरणलाई नभएको उक्त कार्यालयको दावि छ ।
निर्माणकर्ता कम्पनीले कुनै प्राविधिक मन्थलीमा राखेको छैन् । सडक वत्ति विग्रेमा निर्माणकर्ताले नेपाल विद्युत प्राधिकरणको रामेछाप वितरण केन्द्रमै अनुरोध गर्ने गरेको छ । ठुलै मर्मत गर्नुपर्ने भएमा काठमाडौं बाट प्राविधिक आउने र सानो तिनो मर्मत भएमा प्राधिकरणकै प्राविधिकलाई सहयोग माग्ने गरेको उक्त कम्पनीका एक प्राविधिकले वताएका छन् । मर्मतका लागि लाग्ने सामानहरु माथिबाटै पठाईदिने र मर्मतका लागि प्राविधिकलाई सुविधा समेत दिने गरेको उनले दावि गरे ।
विद्युत प्राधिकरण, निर्माणकर्ता र मन्थली नगरपालिका विच एक आपसमा सहमति हुन नसक्दा मन्थली बजारमा अध्यारो छाएको छ । निर्वाचन नजिकिदै गर्दा बजारमा चहलपहल बढ्न थालेको बेला सडक बत्ति नभएकोमा स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
