रामेछाप । निर्वाचन आचार संहिताका कारण रोकिएको रामेछाप उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा र अधिवेशन चैतमा हुने भएको छ ।

संघको बैठकले २०८२ चैत १९ गते १५ औं बार्षिक साधारण सभा र २० गते ९ औं अधिवेशन गर्ने गरी निर्णय गरेको छ । अधिवेशनले आगामी ३ बर्षका लागि नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ । यसअघी संघले माघ १० गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो ।

रामेछाप जिल्लाभरी छरिएका उद्योगी व्यवसायीहरुको छाता संस्था रामेछाप उद्योग वाणिज्य संघमा १ हजार ७ सय भन्दा बढी सदस्य आवद्ध रहेका छन् । उनीहरुले नयाँ नेतृत्वका लागि निर्वाचनमा भाग लिने छन् ।