मेछाप । मंगलबार अपरान्ह रामेछापका उच्च पहाडि भूभागमा बर्षा सगैं हिमपात भएको छ । अपरान्ह सामान्य हावाहुरी सगैं जिल्लाका अधिकांश भागमा बर्षा भएको थियो ।

बर्षा पछि जिल्लाको पश्चिमी भूभागमा रहेको पर्यटकिय स्थान शैलुङ, गुम्देल र चुचुरेका उच्च भूभाग, वाम्ती, अजमडाडाँ , ताँवे लगाएतको क्षेत्रमा हिमपात भएको छ । उच्च भूभागमा रहेको गहुँ र वा खेतिका अतिरीक्त आलु र अन्य खाद्य तथा फलफुल बालीका लागि बर्षा र हिमपातले किसानलाई उत्साहित बनाएको छ ।