रामेछाप । हुलाक सेवा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम रामेछापको मन्थलीमा आईतबार सम्पन्न भएको छ । हुलाक सेवा विभागको आयोजनामा भएको उक्त कार्यक्रममा वर्तमान अवस्थामा नेपालमा हुलाक सेवा मार्फत संचालित गतिविधिहरुको बारेमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले पछिल्लो समयमा समेत राष्ट्रिय अन्तराष्ट्रि क्षेत्रमा हुलाकको सेवा प्रभावकारी रुपमा भईरहेको उल्लेख गरे । हुलाक सेवाको बारेमा प्रकाश पार्दै पौडेलले हुलाकको काम अव चिठ्ठी पत्र बोक्ने मात्र नभै आम संचारका तमाम क्षेत्र संग समेत जोडिएको उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उप प्रमुख इश्वरी बस्नेत र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपककुमार घिमिरेले वर्तमान परिवेशमा हुलाक सेवाले आफ्नो सेवालाई समानुकुल , विश्वासिलो र प्रतिस्पर्धि बनाउनु पर्नेमा जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित संचारमाध्यमका प्रतिनिधिहरुले हुलाक सेवा विभाग र अन्तरगतका निकायको काम र प्रभावकारीता बारेमा जिज्ञासा राखेका थिए ।