रामेछाप । रामेछाप नगरपालिका ६ च्यास्कु बजारमा शनिबार बलेरो जीपको ठक्करबाट एक बालिकाको मृत्यू भएको छ । पसल छेउमा उभिरहेकी बालिकालाई बलेरोले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ठक्करबाट बालिकाको घटनास्थलमानै मृत्यू भएको छ । मृृत्यू हुने बालिकामा रामेछाप ६ बस्ने कोपिला तामाङकी ४ बर्षिया छोरी रहेकी छिन् ।
घटनास्थलमा रोकिराखेको बलेरो चालक नभएको बेलामा च्यास्कु पुगेका टेम्पो चालकले चलाउन खोज्दा सडक किनारमा उभीएकी बालिकालाई किचेको स्थानीयको भनाई छ । गाडिको ठक्करले अरु पनि घाईते भएका र उनीहरुलाई उपचारका लागि रामेछाप अस्पताल पठाइएको छ ।
रामेछाप प्रहरी चौकी बाट पुगेको प्रहरीले घटनास्थलबाट बालिकाको शव उठाएर रामेछाप अस्पताल पठाएको छ । घटनास्थलमा अहिले तनावग्रस्त रहेको स्थानीयले जनाएका छन् ।
