रामेछाप । एकसाता अघी रामेछापको लिलौतिमा भएको बस दुर्घटनामा परि तामाकोशीमा हराईरहेका ९ बर्षिय बालक क्रिचन तामाङको शव सोमबार सुनकोशी नदी किनारमा फेला परेको छ ।

सिन्धुलीको खुर्कोट नजिक उनको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट रामेछाप हुदै ओखलढुंगाको पोल्थली जादै गरेको अरनिको यातायात समितिको यात्रुबाहक बस गत मंगलबार रामेछापको मन्थली नगरपालिका ६ लिलौतिको भिरबाट तामाकोशीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घटनास्थलमानै १२ जनाको मृत्यू भएको थियो । बसमा सबार यात्रु मध्ये ८ जना घाईते भएका र ३ जना तामाकोशीको पानीमा वेपत्ता भएका थिए । क्रिचनको शव फेला परेपछि उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुई जना हराइरहेकाको खोजि जारी राखेको प्रहरीले जनाएको छ ।