रामेछाप । मंगलबार मन्थली नगरपालिका ६ लिलौतिमा १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा निधन भएकाको शोक मनाउन रामेछापको लिखु तामाकोशी गाउँपालिकाले फागुन ४ गते सोमबार सार्बजनिक विदा दिने निर्णय गरेको छ ।
गाँउपालिकाका अध्यक्ष केशव महतले हस्ताक्षर गरी निकालेको सूचनामा शोकका लागि लिखु गाउँपालिका स्थित सरकारी कार्यालय र मातहतका सम्पूर्ण सार्वजनिक कार्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख छ ।
लिलौति बस दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये लिखु तामाकोशी गाउँपालिकाका मात्र ९ जना रहेका थिए । उनीहरुको शव शुक्रबार मात्र परिवारले वुझेर अन्तिम संस्कार गरेका छन् ।
पुष्पलाल मार्गको खुर्कोट मन्थली सडक खण्डबाट दुर्घटना भएको नेपाल अरनिको यातायात सेवा प्रालिको बस तामाकोशी नदीमा खसेको थियो । नदीमा खसेका कारण ३ जना यात्रु अझै हराईरहेका छन् । उनीहरुको खोजि जारी छ ।
