रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ लिलौतिको भिरमा मंगलबार विहान भएको बस दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शोकमा नेपाली काँग्रेस रामेछापले बुधबारका लागि तय गरिएका पार्टीका सम्पूर्ण औैपचारिक कार्यक्रम स्थगन गरेको छ । काँग्रेस रामेछापका अनुसार उम्मेदवार रामचन्द्र खड्का सहितको प्रचार प्रचार टोलीको बुधबार बाम्ती र गुम्देलका लागि घरदैलाे कार्यक्रम तय भएका थिए ।
नेपाली काँग्रेस रामेछापका सचिव बिनोद कार्कीद्धारा हस्ताक्षरित मंगरबार साँझ प्रकाशित गरिएको विज्ञप्तिमा पार्टीको निर्वाचन प्रचार प्रसारका लागि तय गरिएको घर दैलो अभियान लगाएत भातृ र सुभेच्छुक संस्थाले समेत बुधबार कुनै पनि कार्यक्रम गर्ने छैनन् । पार्टीले उक्त दुर्घटनामा परेर ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जलि प्रकट गरेको र घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । कार्कीले कठिन समयमा पिडितको साथमा रहन र सम्भव भए सम्म घाईतेको उपचार तथा उद्धारमा सम्लग्न हुन पार्टीका कार्यकर्ताहरुलाई अपिल समेत गरेका छन् ।
काठमाडौंबाट रामेछाप हुदै ओखलढुंगाको पोल्थली जान लाथेको पूर्व अरनिको यातायात समितिको बस मंगलबार विहान साँढे १० बजे तिर मन्थली नगरपालिका ६ मा पर्ने लिलौतिको भिरबाट तामाकोशीमा झरेको थियो । वसमा रहेका १२ जनाको निधन भएको र ८ जना घाईते भएका थिए । मृतक सवैको सब संकलन गरी पोष्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको छ । घाईतेहरुलाई तत्काल उद्धार गरी नजिकैको खुर्कोटमा प्राथमिक उपचारका लागि राखिएकोमा थप उपचारका लागि काठमाडौंका अस्पताल तर्फ रेफर गरिएको जनाइएको छ ।
प्रहरीले दुर्घटनामा परेर मृत्यू भएका १२ जना मध्ये ११ जनाको सनाखत भएको जनाएको छ । मृतक मध्ये रामेछापको तिल्पुङका एकै परिवारका ४ जना छन् । बस मालिक र सहचालकको पनि ज्यान गएको छ । बसका चालक सामान्य घाईते अवस्थामा फेला परेका थिए । उनलाई प्राथमिक उपचार पछि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यसैविच नेपाली काँग्रेस केन्द्रीय समितिले समेत रामेछाप बस दुर्घटनामा गहिरो दुख्ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । काँग्रेसले घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको व्यवस्थापनका लागि सरकार संग आग्रह गरेको छ ।
