रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ लिलितिको भीरमा आज विहान भएको बस दुर्घटनामा परेर मृत्यू हुनेको संख्या १० पुगेको छ । उक्त दुर्घटनामा ७ जना घाईते भएका छन् । प्रहरीले मृतकको एकिन संख्या बताउन चाहेको छैन् । प्रहरीले मृतकको संख्या अस्पतालमा बुझ्न सुझाएको छ ।
घटनास्थलमा रहेका अरनीको यातायात सेवा समितिका जिल्ला ईन्चार्ज सुवाश फुयाँलका अनुसार मृतकहरुको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल तर्फ पठाइएको छ । घाईतेहरुलाई उपचारका लागि घटनास्थल नजिकै रहेको खुर्कोटको अस्पतालमा पठाइएको छ ।
काठमाडौंबाट रामेछाप हुदै ओखलढुंगाको पोल्थली तर्फ जादै गरेको पूर्व अरनीको यातायात सेवा समितिको यात्रुबाहक बस आज विहान करिव साँढे १० बजे दुर्घटनामा परेको थियो । काठमाडौंबाट ८ जना यात्रु बोकेर छुटेको उक्त बसले विचमा यात्रु थपेको थियो । थपिएका यात्रुको एकिन विवरण उल्लेख छैन् । उक्त बसका चालकलाई घाईते अवस्थामा तामाकोशी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । घाईते चालकले बसको टाईरडले काम नदिएकोले दुर्घटनामा परेको वताएका छन् । तर त्यसलाई प्रहरीले पुष्टि गरेको छैन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सडकबाट तामाकोशीमा झरेको बस लाई तानेर खाँडादेवि गाउँपालिका तर्फ किनारमा लगिएको छ र उक्त बस भित्र रहेका यात्रुहरुको खोजि कार्य जारी रहेको छ । नदीबाट पश्चिम किनारमा तानिएको बस भित्र ३ जनाको शव फेला परेको छ । दुर्घटनास्थल भन्दा झण्डै १ किलोमिटर तल सुनकोशी मरिण डाईभर्सन आयोजनाको बाँध निर्माणस्थान नजिक एक जनाको शव फेला परेको जनाइएको छ । तर उक्त सव दुर्घटनामा परेका यात्रु हो होईन भन्ने एकिन हुन सकेको छैन् ।
भिरबाट नदीमा खसेको बसबााट केहि यात्रु र सामान बगेको प्रत्यक्ष दर्शीले देखेका थिए । सडकबाट पाखामा पछारिएको बसबाट उछिट्टीएका केहि सव तामाकोशीको पूर्वि किनारमा भेटिएका थिए ।
