रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने लिलौतिको मोडबाट यात्रुबाहक बस तामाकोशीमा झरेर दुर्घबटना हुदाँ ५ जनाको मृत्यू भएको छ । ३ जना घाईते भएका छन् । प्रहरीले सडकबाट तामाकोशी तर्फ झरेको बसबाट उछिट्टीएका शवहरु संकलन कार्य जारी राखेको छ । घाईते लाई उद्धार गरी उपचारका लागि अस्पताल तर्फ पठाइएको छ ।

काठमाडौंबाट रामेछाप हुदै ओखलढुंगाको पोल्थली तर्फ आउदै गरेको उक्त यात्रुबाहक बस करिव साढे १० बजे तिर तामाकोशीमा झरेको हो । दुर्घटनाको कारण खुलेको छैन् । अरनीको यातायात सेवा समितिका रामेछाप जिल्ला ईन्चार्ज सुवाश फुयाँलका अनुसार प्रदेश ३–०१–००५६–५९७५ नम्बरको उक्त बसले काठमाडौंको काउण्टरबाट ८ जना यात्रु बोकेर विहान गुडेको हो । उक्त बस रामेछापको ताप्के, तिल्पुङ धोवि सिरीसे हुदै जाने भएकाले विच बाट पनि थप यात्रु चढन सक्ने र तराईबाट खुर्कोटमा झरेका यात्रुहरु समेत थप हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अहिले खुर्कोटमा रहेको विपद उद्धार टिम बाट आएको शसस्त्र प्रहरी समेत पानीमा आधा भन्दा बढी डुबेको बस भित्र हुन सक्ने यात्रुको खोजविनका लागि जुटेको छ ।

दुर्घटनामा धेरै संख्यामा हताहती भएको अनुमान स्थानीयले गरेका छन् । दुर्घटनास्थान नजिकै रहेका निर्माण व्यवसायी दिपककुमार थापाका अनुसार केहि मानिस र सामान तामाकोशीमा बगेको अवस्थामा देखिएका थिए ।
दुर्घटनाग्रस्त गाडी तामाकोशी नदीमा परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक भोला भट्टका अनुसार दुर्घटनाको जानकारी आउना साथ त्यस तर्फ गएको र घटनास्थलमा उद्धार कार्य जारी राखेको छ ।
