रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने निर्माणाधिन पक्कि पुल भन्दा केहि दक्षिणमा रहेको भिरबाट बस तामाकोशीमा झरेको छ । काठमाडौंबाट रामेछाप तर्फ आउदै गरेको उक्त यात्रुबाहक बस केहि बेर अघी मात्र तामाकोशीमा झरेको हो । दुर्घटनामा धेरै संख्यामा हताहती भएको अनुमान स्थानीयले गरेका छन् ।

दुर्घटनास्थान नजिकै रहेका निर्माण व्यवसायी दिपककुमार थापाका अनुसार केहि मानिस र सामान तामाकोशीमा बगेको अवस्थामा देखिएका छन् । 

दुर्घटनाग्रस्त गाडी तामाकोशी नदीमा परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक भोला भट्टका अनुसार दुर्घटनाको जानकारी आउना साथ त्यस तर्फ प्रहरी पठाएको छ । घटनाको विस्तृत विवरण आईसकेको छैन् ।