रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालनका लागि रामेछाप जिल्लाका लागि केन्द्रीय प्रतिनिधि रहेका मथुरा प्रसाद घिमिरेले नेपाली काँग्रेस नयाँ उर्जा र नयाँ नीतिका साथ निर्वाचनमा होमिएको वताएका छन् ।
काँग्रेसमा यस अघी विरलै हुने अभुतपूर्व एकताका साथ यस पटकको निर्वाचनमा होमिएकोले विजय सुनिश्चित भएको घिमिरेले वताए । पार्टी सभापति गगनकुमार थापाले निर्वाचनमा घोषणा पत्र नभै प्रतिवद्धतानै गरेर मतदाताकोमा जाने तयारी भएकाले काँग्रेस यसअघीको भन्दा फरक शैलीमा प्रश्तुत हुने वताए । ‘हामीले ४० औं बर्ष चुनाव लडेको अनुभव र पार्टीमा अभुतपूर्व एकता रहेकोले यस पटकको चुनावमा राम्रो नतिजा ल्याउनेमा ढुक्क छौं’ घिमिरेल भने ।
नेपाली काँग्रेस निर्वाचनमा कसैलाई गाली नगर्ने, आचार संहिताको पूर्ण पालना गर्ने र आफ्ना नीति तथा प्रतिवद्धता लिएर मतदाता सामु जाने घिमिरेले वताए । पार्टीका सभापतिले सबैलाई अनुसाशित भएर निर्वाचन प्रचार गर्न निर्देशन दिएको उनले वताए । रामेछापमा काँग्रेसले निष्कलंक छवि भएका रामचन्द्र खड्ुकालाई उम्मेदवार वनाएकोले पनि जित सहज हुने उनले दावि गरे ।
मुलुक भदौ २३ र २४ गते नराम्रो अवस्थामा फसेको वताउदै घिमिरेले त्यस्तो अवस्था आउन सक्ने बारेमा पार्टीको महामन्त्री हुदाँनै गगन थापाले काँग्रेसमा आन्तरिक सुधारको आवश्यक भएको जोड दिदै आएको स्मरण गराए । ‘उनले काँग्रेस भित्र रहेका कमीकमजोरीलाई सुधार गरेर लैजान सकिएन भने गम्भिर परिणाम भोग्नु पर्ने कुरामा सभापति थापाले पहिल्यै देखि सचेत गराउनु भएको थियो’ घिमिरेले भने – त्यसकै सुनुवाईका लागि पार्टीले विशेष अधिवेशनको आव्हान गरेको र नयाँ नेतृत्व र नीतिका साथ अघी बढेको छ । उनले भदौ २३ को घटनामा नसोचेको क्षति भएको र २४ गते देशको ईतिहासनै खरानी बनाउने अक्षम्य अपराध भएको कुरा उल्लेख गरे ।
नेपाली काँग्रेस रामेछापको निर्वाचन प्रचार प्रसार शाखाका हिमाल ढुंगेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बिनीता खड्का समेतको सहभागिता थियो ।
