रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ९ पिङ्खुरी बेशीटोलबाट नेकपा एमाले परित्याग गरी पूर्व वडा अध्यक्षको नेतृत्वमा ठुलो संख्याका एमाले कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काको चुनाव प्रचार प्रचार तथा घर दैलो कार्यक्रमका क्रममा आईतबार पिङ्खुरीमा आयोजित कार्यक्रममा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।नेपाली काँग्रेस रामेछापका अनुसार एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरुमा पूर्व वडा अध्यक्ष रहेका सुवाश भण्डारी लगाएत ४0 जना रहेका छन् । नब प्रवेशीहरुलाई काँग्रेसका उम्मेदवार रामचन्द्र खड्का, पार्टीका कार्यबाहक जिल्ला सभापति नबराज थोकर लगाएतले स्वागत गरेका थिए ।

दुई दिन अघी मात्र रामेछापकै मन्थली नगरपालिका १३ फुलासीबाट एक जना प्रभावशाली एमालेका कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए । प्रचारका क्रममा अन्य दलमा रहेका कार्यकर्ताहरु धमाधम प्रवेश गरेकाले निवार्चनमा सहज जित हुने  विश्वास खड्काले व्यक्त गरेका छन् ।