रामेछाप । रामेछापको सदरमुकाम मन्थलीबाट शनिबार विहान करमबोटतर्फ जाँदै गरेको जीपको ठक्करबाट १४ महिने नाबालकको मृत्यू भएको छ । मन्थली अस्पताल नजिकै भएको उक्त दुर्घटनामा परेका बालकलाई तत्काल उद्धार गरी अस्पतालमा पुर्‍याइएको थियो । तर उपचार संभव नभएकाले नाबालकको मृत्यू भएको प्रहरीले जनाएको छ ।

नाबालकलाई ठक्कर दिने बागमती प्रदेश ०२–८ च १२७२ नम्बरको जीप रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केहि दिन अघी मन्थलीमा मोटरसाईकलले पनि पैदल यात्रीलाई ठक्कर दिई घाईते भएको थियो ।