रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरले चालु आर्थिक वर्षमा हालसम्म वडाबाट प्रवाह भएका सेवा, विकास निर्माण र समसामयिक विषयमा शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
स्थानीय नागरिक, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागितामा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका बासिन्दाले विभिन्न प्रश्न, जिज्ञासा र सुझावहरु राखेका थिए ।
सार्वजनिक सुनुवाईमा वडा सचिव भागवत श्रेष्ठले चालु आर्थिक बर्षको सुरु देखि हाल सम्म वडाबाट संचालन भएका गतिविधि र खर्चका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानिय बासिन्दाले उठाएका विभिन्न सवालहरुको वडा अध्यक्ष समिर कार्की, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले जवाफ दिएका थिए । जवाफका क्रममा दुवै जनाले कार्यसंचालनमा देखिएका कमी कमजोरीका विषयमा सुधार गरेर जाने वताएका थिए ।
