छाप । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड मन्थली शाखाले बैंककोे ६१ औं स्थापना दिवसमा उत्कृष्ट व्यवसायिक कारोवार गर्ने व्यवसायी तथा ग्राहक लाई सम्मानित गरेको छ ।
बैंकका शाखा प्रबन्धक मिनबहादुर भुजेलको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा मन्थली शाखा सँग निर्माण सेवा तर्फ व्यवसायिक ऋण कारोवार गर्ने रुपकाली कन्स्ट्रक्सनका प्रोपाईटर बिनोद बुढाथोकी, सुवेदी एण्ड ब्रदर्श निर्माण सेवाका प्रतिनिधि प्रबल सुवेदी, उत्कृष्ट बचतकर्ता योगेन्द्र न्यौपाने, उत्कृष्ट डिजिटल कारोवार गर्ने बचतकर्ता दामोदर कामी, उत्कृष्ट ऋण कारोबार गर्ने व्यवसायी सृजना ईलेक्ट्रोनिक्सका ईश्वरचन्द्र श्रेष्ठ, उत्कृष्ट ऋण कारोवार गर्ने व्यवसायी होतराज ढकाललाई सम्मानित गरिएको बैंकका क्यासियर सुदर्शन पौडेलले वताए ।
कार्यक्रममा बागमति प्रदेश सभाका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले बिभिन्न विषयगत क्षेत्रमा सहज कर्जा प्रवाह गरेकोले व्यवसायीहरुले तोकिएको व्यवसायमा लगानी गरी आर्थिक सबलिकरण गर्नुपर्नेमा जोड दिए । न्यून व्याज र सहज ऋण प्रवाह मात्र नभै ग्राहकको सवै प्रकारका सेवाहरुमा बैंकले सयमक्रम सगैं गुणस्तरता कायम गरेको श्रेष्ठले वताए ।
बार्षिकोत्सव समारोहमा मन्थली १ का वडा अध्यक्ष होमप्रसाद पौडेल र सम्मानित व्यबसायी होतराज ढकाल समेतले आ आफ्ना धारणा राखेका थिए ।
बैंकका सहायक प्रबन्धक शंकर रायमाझीका अनुसार बाणिज्य बंैंकका देशभरीमा रहेका शाखाहरु मध्ये मन्थली शाखा राम्रो व्यवसायीक कारोवार गर्ने शाखाको रुपमा रहदै आएको छ । बैंकको मन्थली शाखा २०४५ सालमा स्थापना भएको हो ।
