रामेछाप । प्रमुख राजनीतिक दलबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धामा उतारेका उम्मेदवारहरु आधाउधि पुराना छन् । नेताहरु पुराना भएपनि चुनावी नारा भने पुराना छैनन्, फेरीदै गएका छन् ।
‘अव बाटो स्कुल र सानो तिनो योजनाको कुरा चुनावी नारामा जनताको ध्यान जादैन’ नेपाली काँग्रेसबाट रामेछापबाट उम्मेदवार भएका रामचन्द्र खड्का भन्छन् – अवको नारा भ्रष्टाचारको अन्त्य, बिधिको शासन, योग्यलाई उचित स्थान दिने, रोजगारी श्रृजना र आर्थिक सम्बृद्धिका हुनेछन् ।
जिल्लामा यसअघीका चुनावमा गाउँमा सडक, पुल, पानी, सिंचाई, पहिरो नियन्त्रण लगाएतका कुरा प्रमुख चुनावी नारा हुने गरेका थिए । बाटो ल्याउने कुरामा ठुलो भोटको आशा हुने गरेका नेताहरु अहिले सुशासनको कुरामा जोड दिन थालेका छन् । जेनजी आन्दोलनको मुख्य माग पनि भ्रष्टाचार अन्त्य रहेको हुनाले मतदाताकोमा त्यहि मुद्धानै लिएर जाने उनीहरुको निष्कर्ष छ ।

यसअघी दुई पटक संसदमा पुगिसकेका र पूर्व गृह मन्त्री चलाएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठ पनि अव साना तिना विकास निर्माणको कुरामा मतदाताको मत लिने भन्दा पनि शासकिय सुधार मुख्य चुनावी नारा बनाएर अघी जाने वताउछन् । जिल्लामा सडकको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता ठुला पूर्वाधारहरुको विकास भईसकेको उनले दावि गरे । ‘हरेक टोलमा सडक पुगेको छ र ति सडकहरुको क्रमस सुदृढीकरण भइरहेको छ’ श्रेष्ठ भन्छन् – बदलिदो परिस्थितिमा अव उम्मेदवारहरुले त्यसलाई भन्दा पनि पछिल्लो पुस्ताको चाहनालाई आत्मासाथ गर्दै भ्रष्टाचारको अन्त्यको कुरा लिएर मतदाताको जाने बेला छ ।
पहिले बाटो ल्याईदिन्छु भन्दा मत आउने अवस्था थियो, खानेपानी, विजुलीवत्ति, विद्यालयका भवन र अरु पूर्वाधार माग्ने मतदाताको संख्या पनि उत्तिकै थियो । स्थानीय रामेछापको देउरालीका पाण्डव कार्की भन्छन् – तर अव नागरिकले पूर्वाधारको कुरा त्यति ठुलो मुद्धा बनाएका छैनन्, र आशा पनि गरेका छैनन्, देशमा शुसासन र सबल नेतृत्व चयन गर्ने कुरा मुख्य नारा बनेको छ, सवै त्यसैमा केन्द्रीत छन् ।
नेकपा एमाले रामेछापका उम्मेदवार माधवप्रसाद ढुंगेल अव एआईको जमानामा युवाहरुलाई पुराना कुरा दिएर नहुने वताउछन् । शुसासन र भोलीको नेपालको स्पष्ट मार्गचित्र दिन सक्नु पर्ने कुरामा उनले जोड दिए । युवाहरुको भावना बमोजिमनै मुलुक चुनावी अभियानमा आएकाले अव विगतमाझै अल्मलिने छुट निर्वाचन जितेर जाने प्रतिनिधिहरुलाई नहुने उनले वताए ।
गाउँमा अभाव सकिएको र सवै कुरा पुगेको भन्ने चाँहि हैन मन्थली ६ भलुवाजोरका पुर्णवहादुर साहि भन्छन् – खानेपानीको तिव्र अभाव छ, तर हामीले खानेपानी अहिलेका उम्मेदवारले देलान भन्ने आशा पनि गरेका छैनौं । राजनीतिक दलबाट उम्मेदवार भोट माग्न गाउँमा आउदा मुलुकको सम्बृद्धिको कुरामा के खाका छ ? भनेर प्रश्न सोध्ने छौं । अघील्लो पुस्ताका नेताले राम्रो गरेनन् भनेर यत्रो धेरै मानिसको ज्यान जाने र खबौंको क्षति हुने गरी देशले आन्दोलन बेहोर्नु प¥यो, अव त्यस्तो कहिल्यै नहुने गरी मुलुकलाई सहि दिशा दिन सक्ने सबल र सक्षम नेतृत्व छान्ने जनताको चाहना रहेको उनले वताए ।
पछिल्लो पटक राजनीतिक दलहरुले चुनावी नारामा मात्र नयाँ कुरा ल्याएका हैनन् उम्मेदवार पनि नयाँ नै ल्याएका छन् । नेपाली काँग्रेसले यसअघी कहिल्यै चुनावमा नलडेका १ सय भन्दा बढी उम्मेदवार खडा गरेको छ र त्यसमा अधिकांश युवा रहेका छन् । प्रमुख राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र रास्वपाले पनि जेनजी पुस्ताको भावना अनुरुप धेरै उम्मेदवारहरु युवाहरुलाई उतारेका छन् । जनाधार भएका र अनुभवि राजनीतितज्ञलाई समेत समेटने गरी केहिलाई फेरी संसदमा लैजाने ति दहरुको तयारी छ । फेरीएका चुनावी मुद्धा र पुस्तान्तरण भएका उम्मेदवारहरुले मुलुलकलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने छन् भन्ने आशा मतदाताहरुको रहेको छ ।
