रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा नेकपा एमालेले युवा नेता माधवप्रसाद ढुंगेललाई उम्मेदवार बनाउने भएको छ । शनिबार नेकपा एमालेले त्यसबारेमा निर्णय गरेको हो ।
रामेछापको खाँडादेवि ५ तत्कालिन पकरबारका स्थायी बासिन्दा ढुंगेल विद्यार्थी जिवन देखि एमाललेको विभिन्न ओहोदामा रहेर काम गरेका युवा नेता हुन् । ढुंगेल पहिलो पटक निर्वाचनमा मतदाताका सामु जान लागेका ह्न । केहि दिन अघी मात्र भएको एमालेको केन्द्रीय अधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । एमालेको विद्यार्थी राजनीति, संगठन विभाग र युवा परिषदमा काम गरेको अनुभव उनीसंग रहेको छ । नेकपा एमाले रामेछापले प्रतिनिधि सभा निर्वाचनका लागि ढुंगेल सहित विभिन्न ८ जनाको नाम केन्द्रमा सिफारीस गरेको थियो ।
यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीले डा. कृष्णहरी बुढाथोकीलाई रामेछापबाट उम्मेदवार वनाएको छ । बुढाथोकी मन्थली नगरपालिका १२ गेलुका स्थायी बासिन्दा हुन् । रामेछाप काठमाडौं सृजनशिल समाज मार्फत विगत केहि बर्ष अघी देखि उनले रामेछापेलीलाई एकिकृत गर्दै विभिन्न सामाजिक काम गर्दै आएका थिए । बुढाथोकीको पनि यस अघी निर्वाचनका लागि मतदाता समक्ष गएको अनुभव छैन् ।
जिल्लाका प्रमुख राजनीतिक दलको रुपमा रहेका नेपाली काँग्रेस र नेपााली कम्यूनिष्ट पार्टीले भने आईतबार अपरान्ह सम्म उमेदवारको बारेमा कुनै टुंगो लगाएका छैनन् । जिल्लामा अस्तित्वमा रहेका अन्य राजनीतिक दलहरुले पनि उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । बरु श्रम संस्कृति पार्टीबाट ढालवहादुर मगर उम्मेदवार हुने जनाइएको छ ।
