रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि रामेछाप जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन आयोगको निर्णय अनुसार मूख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार देखि स्थापना गरिएको हो । उक्त कार्यालय रामेछाप जिल्ला अदालतमा स्थापना गरिएको छ । निर्वाचन आयोगले यसअघी रामेछाप जिल्लाका जिल्ला न्यायाधीश राजेन्द्र नेपाललाई रामेछापको मूख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो । रामेछाप एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको जिल्लामा पर्छ ।
निर्वाचन आयोगले बनाएको कार्यतालिका बमोजिमका सवै काम अव सोहि कार्यालय मार्फत हुने जनाइएको छ । कार्यतालिका बमोजिम माघ ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्ने रहेको छ ।
