रामेछाप । सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघ रामेछापको अध्यक्षतामा हिमाल ढुंगेल लगाएतको कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन् । आवश्यक पदका लागि एक÷एक मात्र उमेदवारी दर्ता भएकाले सवै पदाधिकारी तथा सदस्य निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला सहकारी संघका अनुसार निर्बिरोध निर्वाचित हुनेहरुमा उपाध्यक्षमा पबन कठायत, सविचमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा छत्रबिर श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा रञ्जुकुमारी घिमिरे, ध्र्वकुमार थापा, रिता कुमारी मगर, बद्री नयाँघरे र सुनिता तामाङ रहेका छन् ।

मंगलबार सम्पन्न जिल्ला अधिवेशनले संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा उमेश विक्रम थापा क्षेत्री लाई निर्बिरोध निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा राजेन्द्रकुमार कार्की र रमेश ढुंगेल समेत निर्बिरोध निर्वाचत भएको निर्वाचन उपसमितिका संयोजक गोबिन्दप्रसाद घिमिरेले जनाएका छन् ।
यसअघी जिल्ला अधिवेशनको जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख प्रेमवहादुर थापाले उद्घाटन गरेका थिए । संघका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव नबराज श्रेष्ठ, जुनार कृषि सहकारीका सचिव रामदाश वाईवा, बहुउद्धेश्यीय सहकारी रामेछापका अध्यक्ष चन्द्र मानन्धर, कृषि सहकारी संघ रामेछापका अध्यक्ष कुमार श्रेष्ठ, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, सहकारी अभियान्ता गोबिन्दप्रसाद घिमिरे र जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमवहादुर थापाले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट सहकारी अभियान्ता जगन्नाथ दाहाल, उत्कृष्ट सहकारी संस्थाको रुपमा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था मन्थली र उत्कृष्ट व्यवस्थापक बलराम लामा साहारा साकोस मन्थलीमा लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघको बार्षिक प्रतिवेदनहरु सचिव योगेन्द्र कुमार श्रेष्ठ, सचिव नविनकुमार केसी र लेखा सुपरिवेक्षणको प्रतिवेदन छत्रविर श्रेष्ठले प्रश्तुत गरेका थिए । उक्त प्रतिवेदनहरुलाई अधिवेशनले पारित गरेको छ ।
