रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापको जिल्ला अधिवेशन मंगलबार मन्थलीमा सम्पन्न भएको छ । उक्त अधिवेशनको राप्रपाका केन्द्रिय सहायक महामन्त्री तथा पर्यटन विभागका प्रमुख विजय खड्काले उद्घाटन गरेका थिए ।

कार्यक्रममा खड्काले आगामी निर्वाचनलाई राप्रपाले आन्दोलनको मोर्चाको रुपमा प्रयोग गर्ने वताए । निर्वाचनमा जुझारु भएर लाग्न खड्काले कार्यकर्ताहरुलाई निर्देशन दिए । खड्काले मुलुकमा देखिएको असहज परिस्थितिले राजसंस्थाको माग गरिरहेकाले अव छिटै नेपालमा राजसंस्था पुनस्थापना हुने वताए । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य आङछिरिङ शेर्पाले राप्रपा शसक्त भएर अगाडि बढने वताए । उनले मुलुकले राप्रपालाई खोजिरहेको दावि गरे ।

जिल्ला अध्यक्ष भरत वाईवाको सभापतित्वमा भएको उक्त जिल्ला अधिवेशनमा केन्द्रीय सदस्यहरु दिनेश कार्की र लालध्वज लामा, पूर्व केन्द्रीय सदस्य मणिराज तामाङ, पूर्व अध्यक्ष रामचन्द्र कँडेल र केन्द्रीय महिला विभागकी उपाध्यक्ष सरस्वति श्रेष्ठ, युवा नेताहरु सिताराम ढकाल प्रदिप घिमिरे लगाएतका वक्ताहरुले वर्तमान परिवेशमा राप्रपाको अवस्था र भावि कार्यदिशाका बारेमा आ आफ्ना धारणा व्यक्त गरेका थिए ।