रामेछाप । मन्थली नगरपालिकाको सालु र कठजोरको विचमा रहेको रणजोर खोलामा निर्माणाधिन पक्कि पुल ५ बर्षमा बल्ल सकिएको छ । दुई बर्षमा निर्माण सक्ने गरि संझौता भएपनि विभिन्न कारणले पुल निर्माण कार्य अरु ३ बर्ष धकेलिएको हो ।

मन्थलीबाट ठुलीमदौ हुदै सालु निस्कनका लागि उक्त पुल निर्माण गरिएको हो । निर्माण सम्पन्न पुलबाट सवारी साधन आवत जावत गर्न थालेका छन् । बागमति प्रदेश सरकारको ९ करोड ६४ लाख ५ हजारको लागतमा निर्माण गर्ने गरी पूर्वाधार विकास कार्यालय रामेछापले ठेक्का संझौता गरेको उक्त पुलको लागत अरु २ करोड २५ लाख जति थपिएको थियो । पूर्व अनुमान गरिएको भन्दा बढी काम गर्नु परेकाले लागत बढी पर्न गएको कार्यालयले जनाएको छ ।

पुल निर्माण पछि मन्थलीबाट सालु जानका लागि बैकल्पिक सडक तयार भएको छ । यसअघीनै सडकले जोडिएका मन्थली सालुमा रणजोर खोलामा पुल नहुदा हिउँदमा मात्र त्यस तर्फको सडकबाट आउजाउ सहज थियो । बर्षामा रणजोरले वगाएर ल्याउने पाँगो र बाढीका कारण यातायात संचालन कठिन बन्ने गरेको थियो ।

सालुको तल्लो भेग सिमले, गैह्राथोक लगाएतका क्षेत्रलाई पुलको प्रत्यक्ष फाईदा हुनेछ । हाल सालु बजार घुमेर आउजाउ गर्ने उनीहरु अव सिधै मन्थली आउनजान सक्ने भएका छन् । तर पुल भन्दा सालु तर्फको सवै सडक कच्ची भएकाले प्राय च्याकेठाँटि हुदै आजजाउमा कमि आएको छैन् । त्यसतर्फको सडक कालोपत्र भएकाले सहज छ ।

पूर्वाधार विकास कार्यालय रामेछापले मन्थली –ठुलीमदौं–रालटार–सामलिस्थान – सालु सडक खण्डमा पर्ने रणजोर खोलामा पुल निर्माण गर्नका लागि २०७७ साल जेठ १ गते दिवा–भुवनेश्वरी जेभि संग संझौता गरेको थियो । उक्त संझौतामा २०७९ साल बैशाख मसान्तमा पुलको निर्माण सक्ने अवधि थियो । तर निर्माण व्यवसायीले काम गरेनन् । विभिन्न कारण देखाएर म्याद थप मागे । पहिलो, दोश्रो र तेश्रो गरी २०८१ साल माघ ३० सम्म म्याद थप भयो, त्यैपनि काम सकिएन । बल्ल चौथो पटक थपिएको म्यादले काम पुरा भएको हो ।