रामेछाप । मन्थली नगरपालिकाको आयोजनामा भएको २ दिने नगरस्तरिय कृषि तथा लघुउद्यम प्रदशनि मेला आईतबार मन्थलीमा सकिएको छ ।
नगरपालिका भित्र रहेका विभिन्न कृषि तथा पशुपालन फर्म तथा लघुउद्यमीद्धारा उत्पादित सामाग्रिको प्रदशनीमेलामा स्टलहरु राखिएका थिए । नगरपालिकाले स्थानीय किसानहरु र उद्यमीहरुलाई आफ्नो व्यवसायीक शिप र उद्योग तथा व्यवसाय प्रबद्धनमा सहयोग पु¥याउनका लागि मेलाको आयोजना गरेको हो ।
समापन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मन्थली नगरुपालिकाले कृषि तथा लघु उद्योगको क्षेत्रमा उल्लेख्य सहयोग गर्न थालेको वताए । कृषि उपज, विउ विजन, किटनासक विषादि, रासायनिक मल र यान्त्रिकरणको क्षेत्रमा नगरपालिकाले उल्लेख्य सहयोग गरेको वताए । अहिलेको सहयोगले नपुग्न सक्ने भन्दै उनले आउदा दिनमा व्यवसायीक कृषि तथा लघु उद्यम गर्ने व्यवसायीले सहयोग पाईन भन्ने अवसर नदिने प्रतिवद्धता पनि श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा बागमति प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले वर्तमान अवस्थामा जनशक्तिको अभाव चुलिएको, युवाहरु विदेश पलायन भएका बेला कृषि र लघु उद्यमको विकासलाई प्रोत्साहन गर्न सके देशमै रोजगारीको श्रृजना र आर्थिक सम्बृद्धि आउने कुरामा जोड दिएका थिए ।
समापन कार्यक्रममा नगरपालिका भित्रबाट मेलामा सहभागिता जनाएका विभिन्न क्षेत्रगत व्यवसायीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै मेला आयोजना सफल बनाउनका लागि सहयोग गर्ने विभिन्न क्षेत्र तथा निकायलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरपालिका भित्र उत्पादन भएका फलफुल, तरकारी, लघु उद्योग बाट उत्पादित खाद्य परिकार, विभिन्न घरायसि र सजावटका सामाग्री, हाते तानबाट उत्पादित कपडाहरु लगाएतका सामाग्री राखिएका थिए । प्रदशनीलाई सयौं सर्वसाधारणले अवलोकन गर्नुका साथै खरिद विक्रीको अवसर पाएको नगरपालिकाले जनाएको छ ।
